जनकपुरधाम, घुस खाएको आरोप लगाउंदै धनुषाका प्रहरी उपरिक्षक विरुद्ध प्रदर्शन गर्दै पिडीत पक्षले जिल्ला प्रहर कार्यालय घेराउ गरेका छन ।
बिहीवार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा पिडकसँग घुस खाएर उनको मुद्दा दर्ता गरेको र पिडीत पक्षको दर्ता नगरेको कारण उनीहरुले प्रहरी उपरिक्षक प्रकाश रानाभाट विरुद्ध विरोध प्रदर्शन गर्दै जिप्रका घेराउ गरेका हुन ।
तुल्सियाही गाउँबाट दर्जनौको संख्यामा आएका पिडीत पक्षहरुले प्रहरी उपरिक्षक रानाभाट विरुद्ध चर्को नाराबाजी सहित विरोध प्रदर्शन गर्दै जिप्रका अगाडि करीब एक डेढ घण्टासम्म नाराबाजी घेराउ गरेका गरेका थिए । उनीहरुले घुसखोर एसपी धनुषा छोड, भ्रष्ट एसपी मुर्दाबाद, दोषीलाई पक्राउ गर र पिडीतलाई न्याय देउ भन्ने लगायतका नाराहरु जुलुस र जिप्रका घेराउको क्रममा चर्को नाराबाजी गरेका छन । प्रदर्शनमा सहभागी पिडीत पक्षहरुले आफूहरुको पनि मुद्दा दर्ता दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको मांग गर्दै गरेका थिए ।
प्रदर्शनमा पिडीत पोषण राईनका छोरा मुमताज राईनले भने आफ्नो समुदाय भित्रको भएको झै झगडामा प्रहरीले घुस खाएर पिडकको मुद्दा दर्ता गरी उल्टै आफू पिडीतहरुलाई नै पक्राउ गर्न खोजी रहेको आरोप लगाए । घटना बारे मुमताजले भने करीब तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला आफ्नो बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षिय मुमताज अंसारीले नमाज पढाउन पाउदैन भनी गाली गलौज गर्दै कुटपिट गरेको थियो ।
सो घटनालाई लिएर दुवै पक्षबीच भएको झडपमा परी आफ्ना पक्षका तीन जना र अंसारी पक्षका एकजना घाइते भएको थियो । घटनालाई समुदायमा मिलाउने प्रयास गरयो तर राजनीतिक उक्साहटमा अंसारीले प्रहरीलाई घुस खुवाएर उल्टै आफूहरु विरुद्ध नै मुद्दा दर्ता गराए ।
आफूहरुले मुद्दा दर्ता गराउन खोज्दा जिप्रकाले मुद्दा दर्ता गर्न नमानेपछि अदालत मार्फत मुद्दा गरयौं तर अहिलेसम्म कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको राईनले बताए । उनले दुवै पक्षको मुद्दा दर्ता गरी प्रहरीले छानबीन गरेर दोषीमाथि कारवाही गर्नुपछि भने । प्रहरीले त्यसो नगरे कडा भन्दा आन्दोलनमा जाने चेतावनी समेत उनले दिए ।
यता प्रहरी उपरिक्षकले घुस खाएर मुद्दा दर्ता गरेको बारे जानकारी लिन खोज्दा प्रहरी उपरिक्षक रानाभाट सम्पर्क हुन सकेन । पटक पटक फोन गर्दा उनले रिसिभ गरेनन । घटना सम्बन्धमा प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतसँग जिज्ञासा राख्दा उनले केही बोल्न चाहेन । उनले भने घुस बारे ठाडै अस्वीकार गर्दै भने गलत आरोप हो, अहिले प्रदर्शनकारी पक्षसँग छलफल भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !