जनकपुरधाम । संविधान विरूद्ध लाेकतान्त्रिक समाजवादी पार्टीले असाेज ३ गते यस वर्ष संविधान दिवसका दिन संविधान विराेध प्रदर्शन गर्ने भएकाे छ ।
बुधवार लाेसपाले आन्तरिक सर्कुलर जारी गर्दै आफ्ना जिल्ला कार्यसमितिहरूलाई संविधान विरूद्ध विराेधका कार्यक्रम आयाेजना गर्न निर्देशन दिएका छन ।
संविधानमा आफ्ना असमति राख्दै २०७२ सालदेखि संघर्ष गर्दै आइरहेका छाै । त्यसक्रममा कैयाै वीर सपुतहरूले शहादत दिएकाे सर्वदवदितै रहेकाे भन्दै अपुर्ण संविधानमा आफ्ना माग मुद्दाहरू सम्बाेधन गराउन प्रत्येक वर्ष झै यस वर्षपनि संविधान विरूद्ध विराेधका कार्यक्रमहरू गर्न सर्कुलरमा भनिएकाे छ ।
लाेसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी सर्कुलरमा प्रत्येक वर्ष झै यश वर्ष पनि संविधान विरूद्ध काेराेना महामारीकाे दृष्टिगत गर्दै आ आफ्ना जिल्ला, पालिका, क्षेत्र र वडाहरूमा विराेधका कार्यक्रमहरू गर्न निर्देशन दिइएकाे छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !