जनकपुरधाम । माधव कुमार नेपाल नेतृत्वकाे नवगठित नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ संसदीय दलको नेता शत्रुधन महतो चयन भएकाे छ ।
नेकपा एस संसदीय दलको बैठकले महतोलाई संसदीय दलमा चयन गरेको सोही पार्टीका प्रदेश सभा सदस्य प्रमोद यादवले जानकारी दिएका छन ।
नेकपा एसका दलका नेता बनेका महतो यसअघि तात्कालिन नेकपामा माँवादी र एमालेबीच विवाद उत्पन्न हुंदा माओवादी र नेपाल पक्ष खेमाबाट नेकपाकाे दलकाे नेतामा चयन भएका थिए ।
नेकपा एमालेबाट विभाजित भएर गठित एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सभा सदस्य रहेका छन ।
दलको नेतामा महतो चयन भएपनि सचेतक भने चयन गर्न बाँकी रहेको प्रदेश सभा सदस्य प्रमोद यादवले बताए ।
निर्वाचन आयाेगले दल अधिकारिताकाे अौपचारिक जानकारी प्रदेश सभामा नदिएपनि सरकारमा जान हतार रहेकाे कारण दलकाे नेता चयन गरिएकाे बुझिएकाे छ ।
दल सनाखत अघिदेखि नै केन्द्रीय गठबन्धन अनुसार सहभागी हुन दबाव दिदै आएकाेमा नेकपा एसले दल अधिकारिता सरकारमा जाने भन्दै आएका थिए ।
मुख्यमन्त्री लालबाबु राउतबाट सरकारमा सहभागी हुने कुरा आइरहेकाे थियाे । तर दलले अधिकारिता नपाएकाे कारण पर्खेका थियाै, तर दल अधिकारिता संगै दलकाे नेता चयन भइसकेपछि सरकारमा जाने प्रक्रिया अघि बउाउने नेता महताेले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !