जनकपुरधाम, भदौ २२ गते । प्रदेश २ मा स्थानीय तहतर्फ नवगठित लोकतान्त्रिक समाजवादी पार्टी ८ सय ६६ र नेकपा एकीकृत समाजवादी ३ सय १३ जना जनप्रतिनिधिले रोजेका छन ।
दल विभाजन अध्यादेश जारीले नेकपा एमाले र जनता सामाजवादी पार्टीलाई ठूलो धक्का पुगेको छ । एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजित लोसपा स्थानीय जनप्रतिनिधि गएपछि धक्का लागेको हो ।
दल सनाखतको म्याद सकिंदासम्म प्रदेश २ मा नेकपा एमाले विभाजनले हुँदा १ हजार २ सय ५१ जनप्रतिनिधि मध्ये ३ सय १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएका छन भने तात्कालिन राजपा र सपा एकीकृत भई जसपाको २ हजार एक सय ६८ जनप्रतिनिधि मध्ये ८ सय ६६ जनप्रतिधि महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गरेका छन ।
निर्वाचन आयोग कार्यालय जनकपुरका अनुसार प्रदेश २ मा लोसपामा सबैभन्दा बढी महोत्तरीबाट २ सय ५८ स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन् । जसमा ६ पालिकाका प्रमुख, १० पालिकाको उपप्रमुख र ४४ जना वडाध्यक्ष रहेका छन् ।
त्यस्तै धनुषामा १ सय ९ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन् । जसमा १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख रहेका छन् । सर्लाहीमा १ सय ३७, सप्तरीमा ९६, सिरहामा १२, रौतहटमा ८८, बारामा १ सय ३८ र पर्सामा २८ जना स्थानीय जनप्रतिनिधिले लोसपा सनाखत गरेको आयोगले जनाएको छ ।
तात्कालिन राजपाबाट १ हजार एक सय ११ जना जनप्रतिनिधि मध्ये २ सय ४५ जनप्रतिनिधि जसपामै रहने निर्णय गरेका हुन । तात्कालिन समाजवादी पार्टीबाट १ हजार ५७ जनप्रतिनिधि निर्वाचित भएका थिए ।
यता नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीमा सबैभन्दा बढी रौतहटमा ८४ जना स्थानीय जनप्रतिनिधिले गएका छन् । त्यस्तै धनुषा र सर्लाहीमा ४८÷४८, बारामा ३२, महोत्तरीमा ६, सप्तरी २९, सिराहामा ६१ र पर्सामा ५ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन । @Ekagaj

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !