जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट घुस सहित एक कर्मचारीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत्त रहेका नायक सुब्बा उमेश कुमार चौधरी रहेको छ ।
नासु चौधरीलाई जनकपुरधामको क्याम्पस चौक स्थित लड्डु गाेपाल हाेटलबाट ८ हजार ५ सय घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ ।
नासु चाैधरीले सेवाग्राहीसंग नागरिकताको प्रतिलिपि बनाई दिने बहानामा घुस लिइरहेकै क्रममा गाेप्य सुचनाकाे आधार एक हाेटलबाट आयाेगबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे जनाइएकाे छ ।
पक्राउ परेका चौधरीलाई अख्तियारको कार्यालय बर्दिबास लगी थप अनुसन्धान गर्ने अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !