जनकपुरधाम, भदौ २० गते । धनुषाको हंसपुर नगरपालिकाका मेयर सहितका पदाधिकारीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन ।
राजपाबाट निर्वाचित मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा र २ वटा वडाध्यक्ष सहितका १४ जना पदाधिकारीले लोसपाको पक्षमा सनाखत गरेका छन । एकजना वडाध्यक्ष सनाखत गर्न बांकी रहेकोमा उनलेपनि चाँडै सनाखत गर्ने बताइएको छ ।
आइतवार मेयर मण्डल, वडाध्यक्षद्वय उदयकुमार साह र नरेशकुमार मण्डल सहित सदस्यहरुले निर्वाचन आयोगको प्रादेशिक कार्यालय जनकपुरधाममा पुगेर सनाखत गरेका हुन । उपमेयर झा यसअघि बिहीवार नै सनाखत गरिसकेकी छिन ।
मेयर मण्डलले भने हंसपुर नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु सहित १५ जना तात्कालिन राजपाबाट निर्वाचित भएका थियौं, हामी सबै ठाकुर नेतृत्वको लोसपाको पक्षमा छौं । हामी मध्ये वडाध्यक्ष रामसेवक मण्डल कागजात नल्याएको कारण सनाखत गर्न सकेको छैन । तर भोली आएर उनले पनि सनाखत गर्नेछ । लोसपामा तात्कालिन सपाबाट पनि साथीहरु आउने सम्भावना रहेको दाबी गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !