जनकपुरधाम, भदौ १४ गते । प्रहरी निकायलाई दिने भनिएकाे वारूण यन्त्र प्रदेश २ सरकारले स्थानीय तहलाई बुझाउने तयारी अघि बढाएको छ ।
गत वर्ष प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालयका लागि करीब ४ करोडको लागतमा तात्कालिन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादवले ९ वटा वारुण यन्त्र खरीद गरेको थियो ।
तर प्रहरी निकायले बिना कुनै छलफल र कार्यविधिको लिन नसक्ने भनेपछि मन्त्री भारत साहले स्थानीय तहको जिम्मा दिने गरी तयारी अघि बढाइएको मन्त्रालय श्रोतले जनाएको छ ।
खरिद गरिएको लामो समय बित्न लाग्दा प्रहरीले उक्त वारुण यन्त्र बिना सर्तको संचालन गर्न अस्वीकार गरेपछि वर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीय तहलाई बुझाउने तयारी हाे ।
वारुण यन्त्र संचालनको लागि ईन्धन, मर्मत सम्भार तथा संचालनका लागि वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त प्रहरीले राखेको थियो । तर मन्त्री साहले प्रदेश र जिल्ला प्रहरी अझैपनि संघीय सरकारकै मातहतमा रहेकोले त्यसलाई बजेट दिन नसकिने भनेपछि अहिलेसम्म थन्किन गएकाे छ ।
यस सम्बन्धमा मन्त्री साहसँग बुझ्न खोज्दा उनले कुरा गर्न चाहेन । पटक पटक फोन गर्दा उनले आफू कुरा नगरी आफ्नो स्वकीय सचिव शिवम साहलाई फोन थमाई दिए ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अस्वीकार गरेपछि ९ वटा वारुण यन्त्र मध्ये नेपाल प्रहरी अन्तर्गत विरगंजमा रहेका विपदव्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको नेपाल प्रहरीको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालय गरी ४ वटा हस्तान्तरण गरिएको थियो ।
उता मन्त्रालयका सचिव विरेन्द्र यादवले ९ वटा मध्ये ४ वटा प्रहरी निकायलाई हस्तान्तरण गरिएको बताउंदै बाँकी कसलाई बुझाउने आफूलाई थाहा नभएको बताए ।
उनले भने बुधवार हस्तान्तरण कार्यक्रम राखिएको छ । तर कसलाई कुन निकायलाई बुझाउने हो बारे मन्त्रीजीलाई नै थाहा होला ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !