जनकपुरधाम । जनकपुरधामस्थित महावीर युवा कमिटीको नयाँ नेतृत्वमा लागि अध्यक्ष पदमा बलराम साह विजयी भएकाे छ ।
शनिवार सम्पन्न निर्वाचनमा १५६ मतले विजयी भएकाे हाे । उनका निकटतम प्रतिद्वन्दी अजय गुप्ताले ११२, विजय चाैधरी ८४ र प्रदीप भगतले ३१ मत ल्याएका छन ।
त्यसैगरि उपाध्यक्षमा महेश साह, महासचिवमा दिपक साह, सचिवमा त्रिदेव साह र काेषाध्यक्षमा विकास राय विजयी भएका निर्वाचन अधिकृत शंकर साहले जनाएकाे छ ।
शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख निर्वाचन आयूक्त शंकर साहले जानकारी दिए ।
कमिटीकाे ४२८ मतदाता रहेकाेमा ३८६ वटा मतदान भएकाे थियाे । कमिटीमा ११ सदस्यीय कार्यसमितिका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा अजय कुमार गुप्ता, बलराम साह, प्रदिप भगत र विकास चौधरीसहित ४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।
उपाध्यक्षमा अनिल कुमार साह, महेश कुमार साह र सरोज कुमार चौधरीसहित ३ जना, महासचिवमा भरत कुमार साह, चन्दन नागवंशी र दिपक कुमार साह (मिन्टु)सहित ३ जना, सचिवमा विकास कुमार साह (विक्की) र त्रिदेव प्रसाद साहसहित २ जना तथा कोषाध्यक्षमा विकास राय, चन्दन राज शर्मा, मोहन कुमार साह र शशि कुमार साह सहित ४ जना बिच प्रतिस्पर्धा छ ।
त्यस्तै, कार्यकारिणी सदस्यमा विजय कुमार साह, विकास गुप्ता, विक्रम कुमार साह, दिलिप कुमार साह, दिपक कुमार साह, जितेन्द्र साह, पंकज कुमार साह, राजा ठाकुर सोनार, संदिप कुमार साह र संतोष कुमार शर्मा सहित १० जना उम्मेदवारहरु रहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !