जनकपुरधाम । यही भदौ १२ गते शनिबारका दिन जनकपुरधामस्थित महावीर युवा कमिटीको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा सचिव पदका लागि विकास कुमार साह (विक्की) चुनावी मैदानमा उत्रेका छन ।
सचिवका उम्मेदवार विक्कीले आफू निर्वाचित भएपछि पुजामा मात्र सिमित हुन गएको महावीर युवा कमिटीलाई स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै कार्य गर्ने प्रतिबद्धता जनाएका छन ।
संचारकर्मीहरुसँग कुरा गर्दै विक्कीले भने केही वर्षदेखि महावीर युवा कमिटी विजया दशमीको राजदेवी पुजामा मात्र सिमित हुन गएको छ । कमिटीको सामाजिक सेवा कार्यलाई फराकिलो गर्दै स्थानीय जनताका लागि निशुल्क स्वास्थ्य सेवाका साथै अन्य सेवाहरु प्रभावकारी बनाउनेछु ।
उनले भने आफू आँखा अस्पतालमा कार्यरत रहेको कारण मासिक रुपमा दक्ष चिकित्सकहरुद्वारा निशुल्क आँखा शिविर सहित अन्य स्वास्थ्य सेवाको शिविर आजीवन संचालन गर्नेछु । यसका साथै शिक्षा तथा खेलकुदको क्षेत्रमा अझ प्रभावकारी बनाउन आजिवन लागिरहने प्रतिबद्धता समेत जनाए ।
विगत ७ वर्षदेखि कमिटीसँग आबद्ध विक्कीले दशैंका बेला विभिन्न समिति÷उपसमितिको संयोजकको सफल भूमिका निर्वाह गरिसकेका छन । उनले कमिटीको नेतृत्व तहमा पुगेर आफू यहाँका सम्पूर्ण युवाहरुको हकहितका लागि दिनरात मिहनेत गर्ने बताउँदै सबै मतदाताले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सबैको हकहितका लागि निरन्तर मिहनेत गर्नेछु ।’
महावीरको सचिव पदका लागि त्रिदेव कुमार साह र विकास कुमार साह (विक्की) चुनावी प्रतिस्पर्धामा छन् । दुबैजना अहिले आ–आफ्नो प्रचारप्रसारमा व्यस्त देखिएका छन् । कमिटीमा ४ सय २८ जना सदस्यहरु आवद्ध रहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !