जनकपुरधाम, भदौ ७ गते । सामाजिक सेवामा कार्य गर्दै आएका महावीर युवा कमिटीलाई अझ प्रभावकारी बनाउने दिनरात मेहनत गर्ने प्रतिबद्धता महासचिव पदका उम्मेदवार दिपक कुमार साह (मिन्टु) ले जनाएको छ ।
उनले आफ्नो उम्मेदवारी यहाँका युवाहरुको हकहितका मात्रै नभई कमिटी सेवालाई अझ प्रभावकारी बनाउने बताए । मिन्टुले भने महावीर युवा कमिटीको सामाजिक सेवाको दायरा बढाउंदै यहाँको विकास निर्माणमा सम्बन्धित निकायलाई समेत काँधमा काँध थापेर समेत काम गर्नेछु ।
मिन्टुले भने आफू निर्वाचित भए कमिटीलाई उचाईमा पुरयाउन कसैलाई पनि काखापाखा नगरी सबैको साथ र सहयोग लिएर अघि बढनेछु । हरेक मतदातालाई कार्यसमिति पदाधिकारी सरह सम्मान मात्र होइन उनीहरुकै अनुसार काम गर्नेछु ।
आउंदो भदौ १२ गते कमिटीको नयाँ नेतृत्वका लागि हुन गइरहेको निर्वाचनका लागि मिन्टुले महासचिव पदमा उम्मेदवारी दिएका छन । विगत १२ वर्षदेखि कमिटीसँग आबद्ध दिपकु कुमार साह (मिन्टु) ले दशमीका बेला विभिन्न समिति उपसमितिको संयोजकको सफल भूमिका निर्वाह गरिसकेका छन ।
यसका साथै उनी कमिटीको कार्यकारणाी सदस्यदेखि सचिब पदमा समेत कार्य गरिसकेका छन । उनी आफ्नो कार्यकालमा राम्रो भूमिका निर्वाह गरेकै कारण मतदाताहरुकै विश्वासमा यस पटक महासचिव पदमा उम्मेदवारी दिएका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !