जनकपुरधाम, भदौ ७ गते । पत्रकार मोजिबुल्लाहलाई लागू औषध कारोबार आरोपमा पत्रकार नै फंसाउन खोजेको रहस्य खुलेको छ ।
नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव संजय सहनीले आपसी रिसवी साध्न पत्रकार मोजिबुल्ला र शेख अतिउल्लाहर्ला केही व्यक्ति प्रयोग गरी घुमुवा प्रहरी मार्फत पक्राउ गराएको रहस्य जिल्ला प्रहरी कार्यालय रौतहट खोलेको छ ।
पछिल्लो साता पत्रकार मोजिबुल्लाह र शेख अतिउल्लाहलाई घुमुवा प्रहरीले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा रुपमा पक्राउ गरेको थियो । पक्राउ लगतै निर्दोषलाई फंसाउन खोजिएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट लगायत विभिन्न संचार माध्यम र संघ संस्थाहरुले विरोध जनाउंदै आएको थिए ।

सो घटनामा रौतहट प्रहरीले पत्रकार मोजिबुल्लाहलाई फंसाउन सह सचिव सहनीको निर्देशनमा उनको गाडी लागू औषध राखेको आरोपमा प्रहरीले जिल्लाको माधवनारायण नगरपालिका १ का २४ वर्षिय धिरज यादव र सर्लाही जिल्ला रामनगर गाउँपालिका १ बहुअर्वाका २३ वर्षिय जितेश कुमार यादवलाई पक्राउ गरेको कुरा जिप्रका रौतहटका प्रहरी उपरिक्षक शिद्धि विक्रम शाहले बताएका छन ।
उनले भने घटनामा मतियार बनेका घुमुवा प्रहरी प्रसनि उदय यादव र प्रहरी जवान मनोज साह कानूलाई निलम्बन गरी धिरज र जितेश विरुद्ध अपराधिक षडयन्त्र लागू औषध मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
साउन ३२ गते पत्रकार मोजिबुल्लाह चढ्ने भारतीय नम्बर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट फेला परेको भन्दै घुमुवा प्रहरी उदय र मनोजका टोलीले मोजिबुल्लाह र शेख अतिउल्लाहलाई पक्राउ गरेको थियो ।
घटना पश्चात समाजिक संजाल र विभिन्न संचार माध्यममा सिसिटीभी फुटेज सार्वजनिक भएको थियो । सो सिसिटीभीमा घुमुवा प्रहरी र केही व्यक्ति पत्रकार मोजिबुल्लाहको गाडीमा लागू औषध राख्ने गरेको प्रष्ट भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउंदै तिनीहरुलाई पक्राउ गरिएको र सह सचिव सहनीको खोजी कार्य जारी रहेको प्रउ शाहले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !