जनकपुरधाम । प्रदेश-२ के अस्थायी राजधानी जनकपुरधाममा सुविधा सम्पन्न अत्याधुनिक अल्ट्रासाउण्ड आ बाल उपचार सहितक जनकपुर मेडिकेयर अस्पताल सञ्चालनमा आएकाे छ ।
जनकपुरधाम स्थित रंगभूमी मैदान बारहविग्घादेखि थापाचाेक जाने बाटाेमा जानकी मेडिकल कलेजकाे सिटी हस्पीटल नजिक रहेकाे सुहृदय पुस्तकालयकाे छेउमा के साे जनकपुर मेडिकेयर अस्पताल संचालनमा आएकाे हाे ।
साे जनकपुर मेडिकेयरमा M.B.B.S.-M.D. नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. सिल्की सिंह र M.B.B.S.-M.D. Consultant Radiologist डा.विवेक सिंहले सेवा प्रदान गर्ने जनाइएकाे छ ।

जनकपुरधाममा दर्जनाैकाे संख्या निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरू संचालनमा रहेका छन तर सही उपचारकाे आभावमा बिरामीलाई भाैतारिनु पर्ने अवस्था रहेकाे कारण अब साे समस्या जनकपुर मेडिकेयर खुलेपछि समाधान हुने संचालककाे दाबी रहेकाे छ ।
मेडिकेयरका संचालक समेत रहेका डा. सिहले भने आफू कही पनि जागिर गरे वा क्लिनिक संचालन राम्राे पैसा कमाउन सक्छु तर जनकपुर क्षेत्रमा सही उपचारका ठगिने र भाैतारिनु पर्ने अवस्था देखेर तिनी सही र सुलभ दरमा सेवा दिन बाहिर नगई आफ्नै जन्मथलाे मेडिकेयर संचालन गर्नु परेकाे बताए ।
मेडिकेयरमा बालबालिककाे सफल उपचारका साथै अल्ट्रासाउण्डकाे समेत व्यवस्था गरिएकाे डा. सिंह ले बताए ।
डा. विवेक सिंह जनकपुरका वरिष्ठ फिजिसियन डा. विजय कुमार सिंहका कान्छाे छाेरा हुन । डा. विजय सिहले जनकपुरधाममा लामाे समयदेखि चिकित्सकीय सेवा दिएर ख्याति कमाई सकेका चिकित्सक हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !