जनकपुरधाम । यही भदौ १२ गते जनकपुरधामस्थित महावीर युवा कमिटीको हुन लागेकाे निर्वाचनका विभिन्न पदमा उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रवार विभिन्न पदमा उम्मेदवारी दिइएकाे उम्मेदवारी युवा समाजसेवी विकास रायले समेत कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कमिटीको धार्मिक र सामाजिक कार्यमा निरन्तर लागिपरेका राय एक असल नेतृत्वकर्ता र लोकप्रिय युवा व्यवसायी हुन ।
महावीरले विगतदेखि नै जनकपुरधामको विभिन्न सामाजिक, धार्मिक र सांस्कृति क्षेत्रमा कार्य गर्दै आइरहेको छ । कमिटीकाे हरेक कार्यमा अहाेरात खटदै आएका रायले हुनत अहिलेसम्म दिनरात खटदै नै आएका छाै तर अब प्रत्यक्ष रूपमै सेवा गर्न आफुले उम्मेदवारी दिएकाे बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !