जनकपुरभाम, भदाै २ गते । केही महिनादेखि आन्तरिक किचिलाेका कारण जसपा नेपाल आैपचारिक रूपमा फुटेकाे छ । महन्थ ठाकुर पक्ष नयाँ दल दर्ता जसपा नेपाल (लाेकतान्गत्रिक) निर्वाचन आयाेगमा दर्ता गराएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराएकाे हाे । २४ कार्यकारिणी सदस्य रहेकाे साे पार्टीमा एकल अध्यक्षकाे व्यवस्था रहेकाे जसपा लाेकतान्त्रिककाे अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महताेलाई राखिएकाे छ ।
नयां पार्टी दर्ता भएकाे खुशीमा पुर्व राजपा महन्थ ठाकुर, राजेन्द्र महताे, शरतसिह भण्डारी र अनिल झा समुहले जनकपुर सहित प्रदेश २ का गाउँ गाउँ र शहर दिपावली मनाएर खुशी व्यक्त गरेका छन ।

जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् । नयाँ पार्टीमा २४ सदस्यहरू रहेकाे छ । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) हरू मध्ये ठाकुर पक्षमा १५ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो ।
यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था अनुरूप जसपा फुटेकाे हाे । जसपा लाेकतान्त्रिकका कार्यसमिति


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !