जनकपुरधाम, भदाै २ गते । प्रदेश २ सांसद एवंम प्रदेश सारकारका मुख्य सचेतक शैलेन्द्र कुमार यादवले शारिरिक अपांगता भएका व्यक्तिलाई हेला होइन माया गर्नुपर्ने कुरा जोड दिएका छन ।
अपांग विकास केन्द्र जनकनन्दनी गाउँपालिका द्धारा आयोजित तीन पांग्रे साईकल वितरण कार्यक्रमका प्रमुख अतिथि मुख्य सचेतक यादवले गर्भवती महिलाको राम्ररी हेरचाह, पोष्टीयुक्त खान–पान एवंम उचित व्यवस्थापनको कमीले पनि शारिरिक विकलांगता बच्चा जन्म लिने गरेको बताए ।
अपांग विकास केन्द्र जनकनन्दनी प्र.खे. महुवा–३ का अध्यक्ष संदीप पासमानको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सचेतक यादवले जनकनन्दनी गाउँपालिकामा अपांगहरुको संख्या बढी मात्रामा नै देखिएकोले आउँदो दिनमा उनीहरुको सहयोगको लागि आफुसंग हुने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले असक्त अपांगहरुको लागि प्रदेश सरकारबाट तीन पांग्रे साइकल दिलाउन भरपूर सहयोग गरेको भन्दै प्रदेश सांसद यादवको प्रशंसा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सचेतक शैलेन्द्र कुमार यादवले १० जना आसक्त अपांगहरुलाई तीनपांग्रे साईकल वितरण गरेका छन । जनकनन्दनी गाउँपालिकामा हाल लगभग अढाई सय भन्दा बढी अपांगहरुको संख्या रहेको छ ।
जसपाका विजय पासमान द्वारा उद्घोषित कार्यक्रममा जसपाका संघिय परिषद सदस्य अब्दुल शेख, जसपाका हंसपुर नगर अध्यक्ष रामनारायण कापडि, जसपाका जनकनन्दनी गाउँपालिका अध्यक्ष राधेश्याम यादव, पूर्व गाउँपालिका अध्यक्ष देवेन्द्र खिरहर, जसपा जिल्ला सदस्य विजय यादव ( गोइत ) सहित गाउँपालिका स्तरका बुद्धिजिवी, यूवा, समाजसेवीहरूकाे सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !