जनकपुरधाम, साउन २९ गते । रौतहटको माधवनारायण नगरपालिकास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष धरौटीमा रिहा भएका छन ।
जिल्ला अदालत रौतहटले माधवनारायण नगरपालिका–४ खेसरहियास्थित हनुमान मन्दिरका पूजारी साहका हत्या आरोपी देवाही गोनाी नगरपालिका १ का वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेका हुन ।
गत २०७७ भदौ ३ गतेका दिन पुजारी साहको हत्या गरेर फरार रहेका वडाध्यक्ष नुरुल्लालाई जिल्ला अदालत रौतहटको ७ नम्बर इजलासका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासबाट दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले दुई लाख धरौटी बुझाई रिहा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पूजारी साहको खाना खाँदै गरेको अवस्थामा देव्रे कञ्चटमा गोली हानी हत्या गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !