जनकपुरधाम, साउन २१ गते । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले पत्रकार सुभाष कर्णकाे बुवा जानकी शरण लाल कर्णकाे निधनप्रति सम्वेदना व्यक्त गरेका छन ।
प्रदेश प्रमुख डा. अहिराजले पत्रकार कर्णकाे जनकपुरधाम ४ क्याम्पस चाैक स्थित घरमै पुगेर उनका बुवालाई श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारप्रति प्रति सम्वेदना व्यक्त गरेका छन ।
उनले स्व. कर्णकाे प्रतिमामा फुलमाला अर्पण गरि श्रद्धाञ्जली दिदै गहिरो दुःख व्यक्त गर्नुका साथै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका थिए ।
प्रदेश प्रमुख डा. अहिराज संगै प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडा र मधेशी पत्रकार समाजका प्रदेश अध्यक्ष विरेन्द्र रमणकाे उपस्थिति रहेकाे थियाे ।

सो अवसरमा स्व. कर्णका पुत्र सुभाष कर्णले शोकाकुल घडीमा उपस्थित भई सम्वेदना र सद्भाव प्रकट गरेकोमा प्रदेश प्रमुख डा. अहिराजप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
केही दिनदेखि मृगाैला राेगबाट पिडित जनकपुरधाम ४ निवासी ६५ वर्षिय कर्णकाे गत बिहिवार उपचारकाे क्रममा निधन भएको थियो ।
यसअघि मधेशी आयाेगका अध्यक्ष डा. विजय दत, प्रादेशिक मिडिया काउन्सिलका श्याम सुन्दर यादव, आम सञ्चार प्राधिकरणका अध्यक्ष शिवहरि भट्टराई र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा, उपाध्यक्ष अवधेश कामत, सहसचिव गाेविन्द महताे, काेषाध्यक्ष राजकमल सिंह, पत्रकार अमरकान्त ठाकुर सहितका टाेलीले पत्रकार कर्णकाे बुवाप्रति घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष समेत रहेका कर्ण स्थानीय जनकपुर टीभीकाे न्युज प्रमुख, ईकागज अनलाईनकाे प्रदेश ब्युराे र खुल्ला खबर पत्रिकाका कार्यकारी सम्पादक रहेका छन ।

२०५६ सालदेखि नै पत्रकारिता पेशामा आबद्ध पत्रकार कर्ण जनकपुर टुडे, जनकपुर एफएम, नेपाल वन टीभी, तहलका .नेपाल पत्रिका, नेशनल टीभी, सुर्याेदय टीभी, उज्यालाे नेटवर्क, अन्नपुर्ण पाेष्ट पत्रिका, खबर कागज, नेपाली माटाे लगायतका दर्जनाै मिडियामा काम गरिसकेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !