जनकपुरधाम, साउन १५ गते । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवाको रहस्यमय मृत्यु भएको छ ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेको हो ।
रविदास शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाई आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
शुक्रवार बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डेको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएको छ ।
भाइसंगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धारौटीमा छाड्न आदेश दिएपनि साे रकम बुझाउन नसक्दा सिन्धुली कारागारमा पठाउन अदालतले आदेश दिएकाे थियाे ।
आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्दा कारागार लैजानकै लागि हिरासतमा राखिएका रवि दास शौचालयमा पासो लगाई आत्महत्या गरेको प्रहरीको भनाई छ ।
परिवारजनले पल्टुको हत्या भएको दावी गर्दै घटनाको सुक्ष्म अनुसन्धान गर्न सम्बन्धित निकायसंग माग गरेका छन् । मृतक पल्टुको परिवारमा एउटा छोरा र दुई छोरी छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !