जनकपुरधाम, साउन २ गते । प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी संगै एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन ।
भरतप्रसाद साह आन्तरिक मामिला तथा संचार मन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा पद तथा गोपनियताको शपथ लिएका हुन ।
नवनियुक्त मन्त्री साहलाइ प्रदेस प्रमुख राजेश झाले शपथ ग्रहण गराएका छन । त्यस्तै मन्त्री कर्णलाइ आन्तरिक मामिला तथा संचार राज्यमन्त्रीको शपथ मुख्यमन्त्री लालबाबु राउतले गराएका हुन ।
नवनियुक्त दुबै मन्त्रीले शपथमा ईश्वर शब्द छुटाएका थिए । मन्त्री साहले ईश्वरको साटो कुनै शब्द नै उच्चारण गरेनन । राज्यमन्त्री कर्णले भने ईश्वरको साटो सहिद शब्द उच्चारण गरे ।
नवनियुक्त मन्त्री दुबै मन्त्रीको शपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएको थियो । तर शपथ ग्रहण समारोह डेढ घण्टा ढिलाे गरी शुरु भएको थियो ।
नवनियुक्त मन्त्री साहले शपथको भाषाको विषयमा कुरो नमिलेका कारण शपथ ग्रहण समारोह ढिलो गरि शुरु भएको बताएका छन ।
मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । तर कानून अभावका कारण राष्ट्रिय भाषा नेपालीमा शपथ लिनु परेको मन्त्री साहले बताए । शपथ ग्रहण लगत्तै उनले मातृभाषामा शपथ सम्बन्धि अध्यादेश ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
यता नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख झालाइ मैथिली भाषामा प्रतिकात्मक शपथको पत्र समेत बुझाएका थिए ।
माओवादी केन्द्रलाइ सरकारमा सहभागी गराउन जसपाबाट आन्तरिक मामिला तथा संचार मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रहेका सरोजकुमार सिंहले राजिनामा दिएका थिए

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !