जनकपुरधाम, साउन २ गते । प्रदेश २ को सरकारबाट एक मन्त्री र एक राज्यमन्त्री बाहिरिएका छन् ।
पार्टीकाे निर्णय अनुसार माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजिनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउने सहमती भएपछि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनानुसार दुबैजनाले राजिनामा दिएका हुन। मन्त्री र राज्यमन्त्री दुबैजनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा पत्र बुझाएका छन।
राजिनामा पत्र बुझ्दै मुख्यमन्त्री राउतले दुवै मन्त्रीलाई दाेसल्ला ओढाई सम्मान सहित विदाई गरेका छन ।
मन्त्री र राज्यमन्त्रीको राजिनामा आइसकेपछि आजै दिउसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
माओवादी केन्द्रबाट मन्त्रीको रुपमा भरत प्रसाद साह र राज्यमन्त्रीको रुपमा रुवी कुमारी कर्ण सामिल हुन लागेकी छिन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !