महोत्तरी । जलेश्वर नगरपालिकामा नक्कली हस्ताक्षर गरेर कार्यक्रम नै संचालन नगरेर लाखौ रुपैया झवाम पारिएको । महालेखा परिक्षकले समेत एउटै व्यक्तिको हस्तास्तर रहेको पाइएको उल्लेख गर्दै छानविन गरेर रकम असुल गर्न निर्देशन दिएको छ ।
महालेखाका प्रतिवेदन २०७७ अनुसार सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयले तयार गरेको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ ।
गो.भौ.नं.२९७ मिति २०७६।३।६ मा खानेपानी सरसफाई एवं खुला दिशामुक्त सम्बन्धी ३ दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत श्री शंकर युवा कलव मनरासिस्वालाई ४ लाख ९८हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएको कार्यक्रमको फोटोमा ६० देखि ७० जना मात्र उपस्थित भएको देखिएको र सहभागीलाई बितरण गरको यातायात खर्चको भरपाई र सहभागी भएको रेकर्डमा ७० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी १०५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गरी निर्देशन दिइएको छ ।
नक्कली हस्ताक्षर गरेर ३लाख ४५ हजार रकम खर्च गरिएको पाइएको र यस्तो रकम छानविन गरि असुल उपर गर्ने महालेखाले भनेको छ ।
त्यसैगरि अकोृ संस्थाले समेत त्यस्तै गरेको छ । सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयलको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं. २९८ मिति २०७६।३।६,महिला सशक्तिकरण सम्बन्धी ३ दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत दलित यूवा उत्थान समिति जलेश्वरलाई रु ४लाख९७ हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएकोमा ६० जनाको उपस्थितीमा हस्ताक्षर नभएको देखाइएको छ ।
कार्यक्रमको फोटोमा ६० देखि ७० जना मात्र उपस्थित भएको देखिएको र सहभागीलाई बितरण गरको यातायात खर्चको भरपाई र सहभागी भएको रेकर्डमा ७० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी १०५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गर्न भनिएको महालेखाको रिपोर्टमा भनिएको छ । सो संस्थासंग ३ लाख ४१ ह्जार १सय रकम असुल गर्न भनेको छ ।
त्यसैगरि सीपमूलक तथाब अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं. २९९ मिति २०७६।३।६ मा वडा नं. १२मा ३ दिने सरसरफाई तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत ग्रामिण तथा शहरी बिकास संस्थालाई ४ लाख ९६हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएकोमा कार्यक्रमको फोटोमा ५० देखि ६० जना मात्र उपस्थित भएको देखिन्छ र सहभागीलाई बितरण गरेको यातायात खर्चको भरपाई र सहभागी भएको हाजिर रेकर्डमा ६० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी ११५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गरी निम्नानुसारको बढी खर्च सम्बन्धितबाट असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ ।
सो संस्थाबाट ३लाख ४५ हजार १सय २५ रुपैय असुल गर्न भनेको छ। म्हालेखाले विभिन्न तालिम संचालनको लागि रकम दिइएको संस्थाहरुले तालिम संचालन नगरेको र उनिहरु नक्कली हस्ताक्षरबाट रकम झवाम पारेको जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !