जनकपुरधाम, असार २२ गते । खाेलामा आएकाे बाढीले बगाउंदा एक युवतीकाे मृत्यु भएकाे छ ।
जिल्लाको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह मृत्यु भएकाे हाे ।
आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।
इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा उनको शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !