जनकपुरधाम, असार १७ गते । ठगी मुद्दाका आराेपीलाई आफ्नाे पदकाे फाइदा उठाउंदै सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले छुटाएकाे आराेप लगाइएकाे छ ।
रथी केसीले ठगी मुद्दाका आराेपित नातामा पर्ने आफ्ना सम्धीलाई प्रेमकुमार मल्ललाई धनुषाका एसपी प्रकाश रानाभाट, सरकारी वकिल सिताराम अर्याललाई दबाब र प्रभावमा पारेर छुटाएकाे आराेप महाेतरीकाे बनचाैरी निवासी हाल काठमाडाै बस्दै आएका राजकिशाेर गुप्ताले आराेप लगाएका छन ।
मल्लका व्यपारिक साझेदार रहेका गुप्ताले एक पत्रकार सम्मेलन गरि मल्ललाई उन्मुक्ति दिलाउन सहायक रथी केसीले ‘सेटिङ मिलाउन’का लागि गरेको कुराकानीको अडियोसमेत सार्वजनिक गरेकाे छ ।
रकम चलखेल ठगी मुद्दा खेपिरहेका ललितपुर सानेपाका मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन् । व्यापारिक साझेदार राजकिशोर गुप्तासँग ठगी मुद्दा खेपिरहेका मल्ललाई केसीले प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा स्वास्थ्यको कारण देखाउदै छुटाएको आरोप ‘पीडित पक्ष’ गुप्ताले लगाएको छ ।

ठेकेदार मल्ल आइतबार सहायक रथी केसीको सम्पर्कमा आएका थिए । बुधबार प्रहरी कार्यालयबाट उन्मुक्ति पाएका मल्ल मंगलबार राति सहायक रथी केसीकै घरमा बसेका थिए ।
प्रहरी कार्यालयमा कागज मिलाउँदा भने मंगलबार राति मल्ललाई प्रहरी हिरासतमा राखिएको थियाे तर कागजमा स्वास्थ्यलाई कारण देखाउँदै प्रहरीले मल्ललाई छाडेकाे गुप्ताले भने ।
यता धनुषाका एसपी एसपी प्रकाश रानाभाटले भने, ‘स्वास्थ्यका कारण जिल्ला जमानीमा मल्ललाई छाडेका छौं । यो विषयमा यसभन्दा धेरै बोल्न मिल्दैन बताए ।
फरार अभियुक्त मल्ललाई रथी केसीले आफ्नै गाडीमा राखेर दलबलसहित जनकपुर ल्याएका थिए । जनकपुर आएपछि उनी सिधै सरकारी वकिलको कार्यालय गए तर त्यहांबाट प्रहरी कार्यालय नगई सिधै बर्दवास तिर लगेकाे गुप्ताले दाबी गरे ।
तर एसपी रानाभाटले मल्ललाई प्रहरी कार्यालयमा हाजिर भएपछि मात्र सरकारी वकिलको कार्यालय पठाएको दावी गरेका छन् । उनले थप कुरा बुझ्न डिएसपी मकेन्द्र मिश्रसँग कुरा गर्न भने । डीएसपी मिश्र भन्छन्, ‘यो मुद्दामा मलाई केही थाहा छैन बताए ।
के हो विवाद ?
ठेकेदार मल्लले जनकपुरका गुप्तासँग मिलेर ठेक्कापट्टा गर्दै आएका थिए । तीन वर्षअघि गुप्ताले जनकपुरस्थित थापा चोकको २२ धुर जग्गा मल्लको नाममा पास गरिदिए ।
व्यवसायका लागि २ करोड लगानी गर्न मल्लको नाममा पास गरिएको उक्त जग्गा सम्झौताविपरीत बेचेको भन्दै मल्लमाथि गुप्ताले प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए ।
‘फिर्ता गर्ने सर्तमा विश्वास गरेर मल्लको नाममा जग्गा पास गरिदिएका थियौं’, गुप्ताले भने, ‘तर मलाई जानकारी नै नदिएर जग्गा बेचिएछ । अहिले म घर न घाटको भएको छु ।’ अहिले उक्त जग्गाको मूल्य करिब १० करोड रूपैयाँ बराबरको भएको गुप्ताले बताए ।
प्रधानमन्त्री केपि शर्माओलीकै क्षेत्र दमक नगरपालिकामा एडिबीको करिव ७० करोडको काम दुवैजनाले मिलेर मल्ललाई ५५ र गुप्तालाई ४५ प्रतिशत दिने सहमतीमा गरेको तर पैसा नदिएपछि गुप्ताले प्रशासन र नगरपालिकालाई समेत गुहारेका छन ।
त्यसपछि नगरपालिकाको पहलमा वडा अध्यक्षको नेतृत्वमा गठित १७ सदस्सीय छानविन समितिले समेत गुप्तालाई छ करोड रुपैया दिन पर्ने निर्णय गरेको कागजात भएकाे तर हालसम्म नदिएकाे गुप्ताले बताए ।
उता सहायक रथी केसीले आफुहरुको सम्बन्ध केही वर्ष देखि मात्र रहेको र मानवताको हिसाबले आफुले कानुनी प्रक्रिया पुर्याई हिरासत मुक्त गराएको बताए ।

उनले भने- हाम्रो सम्बन्ध ३ वर्ष पुर्व देखीको हो, तर राजकिशोरजि र सम्धी मल्लजीको सम्बन्ध करिब ३५ वर्ष भन्दा लामो समय देखि हो, त्यसैले पनि वहाँहरु विचको विवाद बारे सामान्य जानकारी भएपछि सहमतिमै बिबाद सल्ट्याउन आफुले पहलकदमी लिएको छु ।
उनले आफुले नातामा परेपनी कानुनको दुरुपयोग नगरेको दावी गर्दै आफुले कानुनी अनुसार नै बिरामी रहेका मल्ललाई हिरासतबाट रिहा गराएपनी उजुरी कानुनी प्रक्रिया अनुसार चलिरहने बताए ।
गलत कार्य गर्नेलाई कानुन बमोजिम कारवाही हुने हो भन्दै उनले यदि मैले गलत गरेको छु भने म कारवाही भोग्न तयार रहेको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !