वीरगंज, असार १५ गते । पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानी बस्ने २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला र असरतोमी खेतमा काम गर्दै गरेको बेला चट्याङ लागेको थियो ।
त्यस्तै देवरवानामा बस्ने ४० वर्षीय राजबंशी महरा चट्याङ लागेर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।चट्याङ लागेर अन्य तीनजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !