कलैया, असार १० गते । बारा प्रहरीले चोरलाई हत्या गरेको आरोपमा मन्दिरका पुजारी सहित दुई जना पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बिश्रामपुर गा.पा.२ बरैनिया बजार स्थित रहेको हनुमान मन्दिरका पुजारी ७२ वर्षिय बिरबहादुर यादव (दास बाबा) र फेटा गाउँपालिका ३ फुलवरिया टोल बस्ने ३५ बर्षीय पारस महतो धानुक रहेकाे जनाएकाे छ ।
मन्दिरमा चोरी गर्न बारा प्रहरीका प्रवक्ता गौतम मिश्रकाे नेतृत्वमा खटिएकाे अनुसन्धान टाेलीले तिनीहरूलाई पक्राउ गरेकाे हाे ।
बरैनिया बस्ने २५ बर्षीय भादो भन्ने बिरेन्द्र बैठालाई चिम्टा र भाटाले पिटेर हत्या गरिएकाे अवस्थामा सडक पेटीमा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
चिम्टा र भाटाले पिट्दा मृत्यु भएको बैठाको शब सडक पेट्टीमा फालेका थिए । तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान गर्दा हत्याराहरुलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता मिश्रले जानकारी दिए ।
मृतकलाई चोरी गर्ने क्रममा गाउँलेहरूले धेरै पटक कुटपिट गरी छाड्ने गरेका थिए । बरैनिया बजारस्थित हनुमान मन्दिरको प्राङ्गणमा सर्च गर्ने क्रममा प्रहरीले अनुसन्धान गर्दै जाँदा अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !