जनकपुरधाम, असार ९ गते । ईटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु भएको छ ।
मुत्यु हुनेमा जिल्लाको सदरमुकाम मलङ्गवा नगरपालिका-११ गम्हरिया पल्सी टोलका स्थानीय सदाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारी दुबै दाजुभाइ रहेको हो ।
गाउँ नजिकै रहेको ईटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक बालकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ । बालकहरुको डुबेर मृत्यु भएको इँटा उद्योग पूर्व सभासद जंगिलाल रायको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !