जनकपुरधाम । मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघले धनुषाको नगराईनमा विपन्न परिवारहरूलाई संयुक्त रूपमा राहत वितरण गरेका छन ।
नगराईनको वडा नम्बर ७ विर्तामा १ सय ११ बिपन्न परिवार लाई राहत वितरण गरिएको जनाइएको छ । निषेधाज्ञा शुरु भएयता मैथिल ब्राह्मण महासभाले प्रदेश नं. २ सहित प्रदेश १ का विभिन्न स्थानमा समेत राहत वितरण गर्दै आएका छ ।
नगराईमा वडा अध्यक्ष रामदुलार मुखियाको अध्यक्षता र महासभाका अध्यक्ष इन्जिनीयर भगवान झाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच विपन्न परिवारलाई राहत वितरण गरिएको हो । महासभाका अध्यक्ष झा सहि संघका पदाधिकारीहरुले राहत प्रदान गरेका छन ।
सो राहत वितरण कार्यक्रममा निषाद संघका केंद्रीय पदाधिकारी बेचन मुखिया, स्थानीय समाजसेवी रामचन्द्र मुखिया एबं ब्राह्मण महासभा युवा समिति का प्रदेश अध्यक्ष जानकी रमण झा, ब्राह्मण युवा समिति धनुषा अध्यक्ष मंडल का सदस्य भवन झा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कोभिड महामारी कालमा हालसम्म महासभाले विभिन्न संघ संथाहरूको सहकार्यमा प्रदेश १ र २ मा एक हजार भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरिसकेको महासभाका अध्यक्ष झाले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !