जनकपुरधाम, असार ६ गते । काेभिड १९ संक्रमणलाई दृष्टिगत सरकारद्वारा जारी गरिएकाे निषेधाज्ञाकाे धज्जी उडाउंदै उनकै मन्त्रीहरू कार्यकर्ता भेला र भेटघाट लगायत कार्यक्रमहरू आयाेजना गर्दै आएकाे छ ।
करीब डेढ महिनादेखि जारी निषेधाज्ञा अवधिमा घरबाट निस्किन, बजार पसल व्यवसाय संचालन, यातायात संचालन र भीडभाड हुने खालका सभा सम्मेलन गर्न सरकारले राेक लगाएका छन ।
तर उनकै प्रतिनिधिहरूले जिल्ला भ्रमणकाे नाममा काेभिड १९ महामारीकाे चपेटामा कथित कार्यकर्ता, कर्मचारी र प्रहरी प्रशासनलाई धकेल्दै आएका छन ।
सर्वसाधारण नागरिकलाई पसल उद्याेग प्रतिष्ठान संचालन त के घरबाट बाहिर निस्किनमा पनि राेक लगाएकाे छ । बाहिर निस्केमा हाेल्डिङ्ग सेन्टरमा राख्ने, जरिवाना गर्ने र लाठी चार्ज लगायतका दण्ड सजाय दिंदै आएका छन । तर काेराेनालाई चुनाैती दिदै निषेधाज्ञाकाे निर्देशनकर्ता प्रतिनिधि नै उल्लंघन गर्न थालेपछि कारवाही कसले ठुलै प्रश्न उठेकाे छ ।

नेपाल सरकारका मन्त्री र प्रदेश प्रमुख लगायतका विशिष्ट व्यक्तिहरूले आ आफ्ना गृह जिल्लामा भ्रमणकाे नाममा कानून र आफ्नै निर्देशनलाई लत्याउंदै सयाैकाे भीडभाड गरि कार्यकर्ता भेला, भाैतिक भेटघाट र विभिन्न शिलान्यास लगायतका कार्यक्रमहरू गर्दै आएका छन ।
निषेधाज्ञा उल्लंघन गरेमा निमुखा सर्वसाधारणलाई कारवाही गर्ने निकाय प्रहरी प्रशासन सरकारी निर्देशनलाई बेवास्ता गर्ने मन्त्रीहरू सामु निरीह भई भीडभाड नियन्त्रणकाे सट्टा उनीहरूकाे कार्यक्रममा सुरक्षा प्रदान गर्दै आएका छन ।

करीब एक सातादेखि नेपाल सरकारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, संस्कृति पर्यटन मन्त्री उमाशंकर अरगरिया, प्रदेश २ प्रदेश प्रमुख राजेश झा (अहिराज) र मुख्यमन्त्री लालबाबु राउत सहित व्यक्तिहरूले निषेधाज्ञा उल्लंघन गर्दै भीडभाड जम्मा गरि जनकपुरधाम सहित धनुषाकाे विभिन्न स्थानमा स्वागत समाराेह, कार्यकर्ता भेला, शिलान्यास र उदघाटन लगायतका कार्यक्रम आयाेजना गर्दै आएका हुन ।
महासेठले जेठ २९ गतेदेखि असार १ गतेसम्म लगातार ४ दिनसम्म जनकपुर, सबैला ईनरवा, मिथिला बिहारी सहितका ठाउंमा स्वागत समाराेहदेखि शिलान्याससम्मका कार्यक्रमहरू राजषी शैलीमा तामझामका साथ गरेका छन ।

मन्त्री अरगरियाले पनि एक सातादेखि जनकपुरमा विमानस्थल निरिक्षणदेखि शक्ति प्रदर्शन गर्दै गाउंगाउंमा कार्यकर्ता भेला, नेता कार्यकर्ताहरूकाे घर घरमा गई भेटघाट, सम्मकाे सयाैकाे भीडभाड गरी शिलान्यास कार्यक्रमहरू गर्दै आएका छन ।
उनले यदुकाेहा नगरपालिकामा दलित दलानकाे शिलान्यास सहित साेही नगरपालिकाका विभिन्न वडामा कार्यकर्ता भेला तथा स्वागत समाेरह कार्यक्रम गरेका छन ।
त्यस्तै प्रदेश प्रमुख झाले निकै तामझामका साथ मुखियापट्टी मुसहरनियामा पाेखरीमा डुबेर मृत्यु भएकी बालिकाहरूकाे परिवारलाई राहत वितरण लगायका कार्क्रम गरेका छन ।

मन्त्री चौधरीले महाेतरीकाे मटिहानीमा स्वागत समाराेहकाे नाममा कार्यकर्ता भेला गरेकी छिन । मटिहानी नगरपालिकाद्वारा आयाेजित साे कार्यक्रममा सहभागी सयाैं कार्यकर्ताहरूले नगर भ्रमण समेत गरेका छन ।
यता मुख्यमन्त्री राउतले समेत सयाैकाे संख्यामा भीडभाड गरि आक्सीजन ग्यास प्लान्ट र काेभिड अस्सतालकाे उद्घाटन लगायतका कार्यक्रम गरेका छन ।

निषेधाज्ञा उल्लंघन गरि गरेकाे विभन्न कार्यक्रम बारे जिज्ञासा राख्न खाेज्दा मन्त्रीद्वय अरगरिया र महासेठले बाेल्न चाहेनन । उनीहरूले व्यस्त छु भन्दै कुरा टालेर बाेल्न चाहेन ।
उता प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाह वास्ताेलाले भने आफू नेपाल सरकारकाे कर्मचारी हुं, सरकार चलाउने मन्त्रीज्युहरूले अह्राएकाे निर्देशन मान्नै पर्ने बाध्यता हाे । निषेधाज्ञा उल्लंघन भए/भएन बारे उहांहरू संग नै साेध्नु किनभने निर्देशन दिने र कार्यान्वयन गराउने उहांहरू नै हाे ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !