जनकपुरधाम, असार ६ गते । बाराको जीतपुरसिमरास्थित जगदम्बा स्टील्स कारखानामा आगलागी भएकाे छ ।
शनिबार राति भएकाे साे आगलागीमा दुई जनाकाे मृत्यु भएको छ भने तीन जना घाइते भएकाे छ ।
आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते हुनेहरूमा इन्द्र प्रसाद अधिकारी, रामकुमार विश्वकर्मा, नवराज चाैलागाई रहेकाे छ ।

आगलागीमा परी घाइते भएकाहरुको उपचार वीरगञ्जको तराई अस्पतालमा भइरहेको र घटनास्थलमा रहेका ६ जना मजदुरमध्ये एक जना सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताए ।
शनिबार राति पेट्रोल र डिजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ्ग गरिरहेको बेला अचानक आगलागी हुँदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागी नियन्त्रणमा आइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !