जनकपुरधाम, असार ५ गते । जनप्रतिनिधिकाे लापरवाहीले सडक निर्माणमा ढिलाई भएकाे भन्दै महाेतरीमा स्थानीय युवाहरूले सडकमै धान राेपेका छन ।
जिल्लाको बलबा नगरपालिका-१० स्थित युवाहरुले सडकमै धान रोपी स्थानीय जनप्रतिनिधिको विरोध जनाएका छन् ।
नगर प्रमुख विनोद यादव र वडाध्यक्ष विनोद यादवको लापरवाहीका कारण सडक निर्माण ढिलाई भएको भन्दै युवाहरुले विरोध स्वरुप सडकमै धान रोपेका हुन् ।
पर्यटकीय स्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट खर्ज गरेका नगरपालिकाले ध्रुव कुण्ड भित्र जाने बाटो हिलाम्य भएको र पटक पटक ध्यानाकर्षण गराउँदा पनि चासाे नलिएकाे कारण बाध्य विराेध स्वरूप सडकमा भान राेपेकाे स्थानीय विनाेद कर्णले बताए ।

ध्रव कुण्ड जाने बाटो सामान्य वर्षामै हिलामय भएकाे कारण स्थानीयलाई आवत जावत गर्न समस्या भईरहेकाे उनले बताए ।
यसैबीच ध्रव कुण्ड पोखरीमा नगरपालिकाद्वारा सौन्दर्यकरण गर्दै गरेको पोखरी युवाहारु द्वारा अनुगमन गर्दा दुई नुम्बर ईट्टा प्रायोग भइरहेकाे आराेप समेत लगाइएकाे छ ।
स्थानीय धिरेन्द्र मण्डलले सडक निर्माण र पाेखरी साैन्दर्यकरणमा सुधार नभए अझ कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !