जनकपुरधाम, असार ५ गते । सर्लाहीमा टिपरकाे ठक्मरबाट एक संचारकर्मीकाे मृत्यु भएकाे छ ।
माेटरसाइकलबाट गइरहेकाे महाेतरीकाे गाैशाला स्थित रेडियाे जुनतारा एफ.एम.मा कार्यरत संचारकर्मी सर्लाहीको ईश्वरनगरपालिका १३ बस्ने ३० वर्षीय अर्जुन कुशवाहाकाे टिपरको ठक्करबाट मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
रेडियाे जुन तारा एफ. एम. मा मैथिली कार्यक्रम संचालक एवं समाचार वाचक कुशवाहालाई सर्लाहीकाे हरिपुर्वा ८ मा दिउँसो ४ बजे तिर ज ७ प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको अवस्थामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको टिपरले ठक्कर हानेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेको कुशवाहाको टाउँकोबाट नै टिपरको चक्का चलेकोले घटना स्थल मै मृत्यु भएको जिप्रका सर्लाहीले जनाएको छ ।
घटना पश्चात आक्रोशित स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा पनि तिब्र गतिमा टिपर चलाएकोले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर अहिले प्रदर्शन गरिरहेका छन् ।
घटना पश्चात् घटना स्थलमा पुगेर प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !