धनगढी, असार २ गते । कैलालीमा आफ्नै १० बर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–२ की १० बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ बर्षीय बुवा पक्राउ परेका हुन् ।
‘जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएप्छि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो,’ उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्न व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।’
प्रहरी नायव उपरीक्षक विष्टका अनुसार मृतक बालिकाका ५१ बर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैसी गोठमा लगी जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैसी गोठमा नै झुण्डाएर हत्या गरेको खुलेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !