जनकपुरधाम, असार २ गते । बालिका बलात्कार आरोपमा एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिकाको बलात्कार आरोपमा उनकै छिमेकी ५० वर्षिय छेदु मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पिडित बालिकाका अभिभावकले बलात्कार आरोप सहित दिएको उजुरीका आधारमा प्रहरीले मण्डललाई पक्राउ गरिएको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन ।
उनका अनुसार मंगलबार साँझ छिमेकी मण्डलले उक्त बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट लगेका थिए । सोही क्रममा बालिकालाई आँपको बगैचामा लगि जबर्जस्ती करणी गरेको आरोप पिडित परिवारको रहेको छ ।
अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजविन गर्दैजाँदा घर नजिकै दुई सय मीटरको दूरीमा रहेको आँपको बगैचामा अचेत अवस्थामा फेला परेपछि पिडित परिवारले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको एसपी रानाभाटले बताए ।
यसअघि पनि सो मण्डलले आफ्नै गाउँकी एक महिलालाई समेत जबर्जस्ती करणी गरेका थिए । तर त्यो बेला स्थानीयले सो घटनालाई गाउँमै पंचायत गरी मिलाएर ढाकछोप गरेका थिए थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !