बर्दिबास, जेठ ३० गते । सर्पले टोकेका बिरामीहरुको उपचारका लागी बर्दिबास नगरपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा भेण्टिलेटरको ब्यवस्थापन हुने भएको छ ।
गत चार दिनअघि सर्पले टोकेका बिरामीको भेण्टिलेटरको अभावमा ज्यान गएपछी नगरपालिका प्रमुखले तत्काल ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

सर्पदंश उपचार केन्द्रमा भेण्टीलेटरको ब्यवस्थापन र त्यस्को लागी दक्ष जनसक्ती आवस्यक भएको हुदा नगरपालिकाले तत्काल प्रक्रिया अगाडी बढाउने नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले बताएका छन । उनले भने यसका लागि सम्बन्धित निकायसँग पहल गरेर तत्काल कार्य अघि बढाउनेछु ।
हिजो पुर्व सिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेल र चिकित्सक सहितको उपस्थितिमा भएको छलफलले भेण्टिलेटरको आवस्यक्ता रहेको निष्कर्ष निकालेको हो ।
बर्दिबास–३ का १६ बर्षिय किशोर मनिष सुनारको भेण्टीलेटर कै अभावमा ज्यान गएपछी जनस्तरबाट यस्को तुरुन्त ब्यवस्थापन हुनुपर्ने भन्दै चर्को आवाज उठेको थियो ।भेण्टिलेटर राखेपछी दक्ष जनसक्तीको छुट्टै ब्यवस्थापन गर्नु पर्ने हुदा तत्कालको लागी बर्दिबास अस्पतालमा राख्नुपर्ने छलफलमा सहभागीहरुले निष्कर्ष निकालेका छन ।
यो सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको प्राबधिक टोलीमात्र भएको र आइसोलेसनका लागी ठाउँ समेत पर्याप्त नभएको हुनाले बर्दिबास अस्पतालमा नै भेण्टिलेटर राख्दा राम्रो हो भन्ने हामिले सुझाव दिएका छौ झ बर्दिबास अस्पतालका चिकित्सक सुनिल दाहले भने ।
सर्पले टोकेका जटिल खाल्का बिरामीहरुलाइ सर्पदंश उपचार केन्द्रमा सग्लन नेपाली सेनाका स्वास्थ्यकर्मीहरुले तत्काल बर्दिबास अस्पतालमा रिफर गर्ने र आवस्यक उपचार त्याहीबाट गर्न सकिने चिकित्सक दाहको भनाइ छ । सर्पदंश उपचार केन्द्र र बर्दिबास अस्पतालको दुरी करिव २ किलोमीटर दुरीमा छ । अहिले अस्पतालमा एम्बुलेन्स समेत पर्याप्त भएको हुनाले जटिल खाल्का बिरामीहरुलाइ तुरुन्त अस्पताल पु¥याउन सकिने भन्दै भेण्टिलेटर अस्पतालमा नै राख्न सकिने बिषयमा छलफलमा सहभागीहरुले निष्कर्ष निकालेका थिए ।
वि.सं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म सयौ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये कतिपय मनिसहरुको भेन्टिलेर नभएर अकालमै मृत्युु भएको प्रवधिकले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !