जनकपुरधाम, जेठ ३० गते । आगामी आर्थिक २०७८/०७९ का लागि प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफल पश्चात आइतवार सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन ।
सो नीति तथा कार्यक्रम विरुद्ध प्रदेश सभा सदस्य सीता गुरुङ, शिवचन्द्र चौधरी, दिलिप साह र सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएको थियो ।
ती संशोधन प्रस्तावमा गरिएका मांगहरु र छलफलमा उठेका कुराहरु बारे मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सीता गुरु«ङ, शिवचन्द्र चौधरी र सुन्दरबहादुर विश्वकर्माले आ आफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने दिलिप साहले फिर्ता लिएन । उनले संशोधन प्रस्ताव फिर्ता नलिएपनि उनको सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
गत जेठ २७ गते प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झा अहिराजलेनीति तथा कार्यक्रम बहुमतले पारित भएसंगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । असार १ गतेका दिन सरकारले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सत्तारुढ दल जसपा र कांग्रेसले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न व्हीप जारी गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !