लहान, जेठ ३० गते । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले स्थानीय गणेशकुमार सिंहलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित सिंह पक्राउ परेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन ।
सुखीपुर नगरपालिका ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । सिंहलाई महेशपुर पतार प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !