जनकपुरधाम, जेठ ३० गते । सप्तरी प्रहरीले लुटपाट गरी हत्या गरेको आरोपमा फरार रहेको एक प्रतिवादीलाई ७ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का ३४ वर्षीय बब्लु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई गाउँबाटै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ ।
जिल्लाको तत्कालिन हनुमाननगर गाविस वडा नं. ५ का ५५ वर्षीय प्रेम सुख बेगवानी र उनका श्रीमती ५२ वर्षीया सरोज बेगवानीको पसलबाट लुटपाट गरेर हत्या गरी फरार भएका मण्डललाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जनाएको छ ।

प्रवक्ता काफ्लेका अनुसार २०७१ साल जेठ २१ गते राति स्थानीय बेगवानी दम्पती खाना खाई पसल बन्दी गरी सुतिरहेको बेलामा मण्डलले सुनचाँदीका गरहगना र नगद सहित ५० लाख रुपैयाको धनमाल लुटपाट गरी धारीलो हतियार तिनीहरुको हत्या गरेर फरार भएका थिए ।
सो घटनामा तत्कालिन समयमा प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेका थिए भने मण्डल लगायतका दुईजना प्रतिवादी फरा रहेका थिए । ती फरार प्रतिवादी मध्ये मण्डलाई पक्राउ गरिएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !