जनकपुरधाम, जेठ २९ गते । जग्गा सम्बन्धी आपसी विवादको झगडामा वडा अध्यक्षले कुटपिट गरेको घटनामा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तेजकुमार यादव (हिरा) ले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन ।
सो वडाका बनिगमाका स्थानीय रामनारायण यादवकी श्रीमति सरिता देवी र स्व. रामवृक्ष यादवकी श्रीमति सरिता देवी बीच भएको जग्गा विवादमा एक पक्षले वडाध्यक्ष तेजकुमारले आफूलाई कुटपिट गरेको भनी आरोप लगाएको छ । दुवै महिला आफू घाइते भएको दाबी गर्दै अस्पताल भर्ना भएकी छिन ।
सो विवादमा सरिता देवीले वडा अध्यक्ष तेजकुमार उनका भाई तथा भतिजोले आफूलाई कुटपिट गरेको आरोप लगाउंदै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा वडाध्यक्ष तेजकुमार यादव उनका भाई चन्द्रकिशोर यादव र भतिजो शिवम यादव विरुद्ध कुटपिटको निवेदन दर्ता गराएको बुझिएको छ ।
स्थानीयका अनुसार घडेरी रहेको १५ जग्गाको अंश वण्डा भइसकेपनि गत तीन वर्षदेखि रामनारायण यादव र उनको भाउजु शिवो देवीबीच जग्गाका लागि विवाद हुँदै आएको छ । पटक पटक प्रहरी र स्थानीय पंचायतबाट जग्गाको नाप नक्सा गरेर विवाद समाधान गरेपनि विवाद ज्योंकै त्यो छ ।
शिवोदेवी आफू वृद्ध र बेटा वैदेशिक रोजगारमा रहेको कारण घरमा कोही बोल्ने व्यक्ति नहुँदा सरिता देवी पक्षले बलजफ्ती उनको घरको बाटो छेकिने गरी कब्जा गर्न खोज्दै आएको छ । सरिता देवीले जग्गा कहिले कब्जा गरिसकेको हुन्थ्यो तर गाउँ समाजको कारण सफल हुन नसकेको एक स्थानीयले भने ।
गत ४ अघि सरिता देवीले बलजफ्ती शिवोदेवीको घरको बाटो बन्द गर्नेगरी बाँसको टाट लगाउन खोज्दा विवाद भएको थियो । विवाद बढदै जाँदा दुवै पक्षबीच कुटाकुट समेत भयो । दुवैले घाइते भएको दाबी गर्दै अस्पताल भर्ना समेत भयो । सोही बीचमा झगडा नगरी आपसी सहमतिमा जान सम्झाउन गएका वडाध्यक्ष तेजकुमारमाथि नै सरिता देवीले जाइलागेको स्थानीयहरुको भनाई छ ।
संचारकर्मीसँग कुरा गर्दै वडाध्यक्ष तेजकुमारले भने यी दुई परिवारबीच गत तीन वर्षदेखि नै जग्गाका लागि विवाद हुँदै आएको छ । कयौं पटक पंचायत भयो, प्रहरी समेत आएर अमिन लगाएर जग्गा नाप नक्सा गरिसकेपनि विवाद समाधान हुन सकेको छैन ।
गत चार दिनअघि आफू सडकका लागि गिट्टी अनलोड गराई रहेको क्रममा दुवै पक्षबीच जग्गाका लागि विवाद भएको र सरिता देवीले शिवो देवीलाई कुटपिट गरिरहेको देख्न नसक्दा जनप्रतिनिधिको नाताले यसरी झगडा नगर्नु सहमतिमै मिलेर जाउँ भनी सम्झाउन गएको थिए । तर राजनीतिक उक्साहटमा आफ्नो चरित्र हत्या गर्ने गरी आफ्नो नाम सो झगडामा मुछने प्रयास गरिएको उनले दाबी गरे ।
वडाध्यक्ष तेजकुमारले आफ्ना प्रतिद्वन्दी केही राजनीति दलका प्रतिनिधिहरुले सरिता देवी उक्साउनका साथै युवा सञ्जाल भनिएका स्थानीय संस्थालाई समेत परिचालित गरी सामाजिक सञ्जालमा सो झगडामा मेरो नाम जोडेर चरित्र हत्या गर्ने गरी गलत कुराहरु राख्दै आएको भनी आपति जनाए । उनले सम्बन्धित निकायसँग घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारवाही हुनुपरयो र आफूलाई बदनाम गर्ने संस्था तथा व्यक्तिलाई समेत कानूनको दायरामा ल्याउन मांग गरेका छन ।
घटना बारे लक्ष्मिनिया प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश खवासले सो कुटपिट घटनामा वडाध्यक्ष तेजकुमारको संलग्नता नरहेको अनुसन्धानमा देखिएको बताएका छन । घटना बारे उनले भने कुटपिट भएको दुई दिनअघि घरको टाट लगाउने विषयमा विवाद भएको खबर आएपछि म आफै त्यहाँ पुगेर टाट लगाउने पक्ष रामनारायणलाई नाप नक्सा गरेर लगाउन सुझाव दिए । त्यसपछि उनले भोली अमिन ल्याएर नाप नक्सा गरेर लगाउने भने ।
त्यसको भोली पल्ट प्रहरी हवलदार अशोक यादवलाई त्यहाँ पठाउंदा ८ बजे अमिन ल्याउने कुरामा साढे ९ बजेसम्म बस्दा पनि अमिन आएन, रामनारायण पक्ष पनि देखिएन । पछि पता लगाउंदा उनीहरु त महेन्द्रनगर ईप्रकामा निवेदन दिन पुगेको थाहा पाए । त्यसको भोली पल्ट तिनीहरुले आफूलाई वडाध्यक्षले कुटपिट गरेको भन्न आयो ।
मैले अमिन ल्याउने कुरा थियो किन ल्याएनौं भन्दा रामनारायणले श्रीमति बिरामी भएको कारण ल्याउन सकिएन भनेर फर्कियो । घटना बारे त्यहाँ प्रहरी पठाउँदा त ती दुवै पक्षबीच टाट लगाउन जग्गाकै लागि विवाद भएको अनुसन्धानमा देखिएको उनले भने ।
ईप्रका महेन्द्रनगरका प्रहरी सहायक निरिक्षक राजेश जयसवालले पनि ती दुवै घरपरिवारबीच जग्गाका लागि धेरै दिनेदेखि झगडा हुँदै आएको बताए । उनले भने यसअघि लक्ष्मिनिया प्रहरी चौकीमा आफू हुँदा खेरी कयौं पटक प्रहरी त्यहाँ गएर विवाद समाधान गरेपनि आज विवाद कायमै छ ।
घटनाका पिडीत उपचाररत शिवो देवीले पनि सो घटनामा वडाध्यक्षको कुनै संलग्नता नरहेको बताएकी छिन । उनले भनिन आफ्नो जग्गामा सरिता देवीले टाट लगाउन खोज्दा रोक्न जाँदा कुटपिट गरयो । सोही क्रममा तिमी किन झगडा गछौं सहमतिमा जाउँ भन्न सम्झाउन गएका मात्र हुन । वडाध्यक्षले नत्र मलाई केही गरेको छ न ती सरिता देवीलाई नै ।
उनले पटक पटक समाज र प्रहरी प्रशासनले जग्गा छुटयाई दिएपनि सरिता देवी र उनका श्रीमान लगायतका व्यक्ति मेरो घरको बाटो छेकिने गरी जग्गा कब्जा गर्न खोज्दै आएको बताईन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !