जनकपुरधाम, जेठ २९ गते । धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउंपालिकामा पाेखरीमा डुबेर मृत्यु भएकी बालिकाहरूकाे परिवारलाई प्रदेश २ सरकारले एक/एक लाख रूपैयाकाे दरले राहत उपलब्ध गराउने भएकाे छ ।
शनिवार मृतकको पोस्टमार्टम रिपोर्ट बुझ्न प्रादेशिक अस्पताल पुगेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवले मृतक परिवारलाई भेटेर साे राहतको घोषणा गरेका हुन।
शुक्रवार धनुषाको मुखियापट्टी मुसरह्निया गाउंपालिका ६ लक्ष्मीपुर गाउंमा पाेखरीमा नुहाउन गएकी स्थानीय पांच जना बालिकाकाे डुबेर मृत्यु भएकाे थियाे ।

पल्टु यादवको १२ वर्षिया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र भगतको १० वर्षिय छोरी चन्द्राकुमारी भगत, राजगीर पुर्वेको १३ वर्षिय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरको १२ वर्षिय नातिनी चान्दनी ठाकुर र उत्तिम साहको १२ वर्षिय छोरी ललिता साहकाे मृत्यु भएकाे थियाे ।
घटनास्थल मुखियापट्टी मुसरह्निया गाउंपालिका मन्त्री यादवकाे निर्वाचन क्षेत्र भएकाे हुनाले आफै पाेष्टमार्टम रिपाेर्ट बुझ्न गएकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !