जनकपुरधाम, जेठ २८ गते । शुक्रवार दिउंसो चट्याङ लागेर जनकपुरधाममा दुई बालक घाइते भएको छ ।
वर्षासँगै खसेको चट्याङ लागेर जनकपुरधाम उपमहानगरपालिका १ पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय रेल्वे स्टेशन स्थित एक पिपलको रुख नजिक चट्याङ खस्दा रुखमुनि खेलिरहेका ती दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते दुवैको उपचार रामजानकी अस्पतालमा भइरहेको र घाइते मध्ये रहान साफीको अवस्था गम्भीर रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !