जनकपुरधाम, जेठ २८ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एकै गाउँका पाँच जना बालिकाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
मुखियापट्टी मुसहरनिया ६ लक्ष्मीपुर गाउँ स्थित स्थानीय हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा दिउंसो करीब साढे १२ बजेतिर नुहाउन गएकी ती बालिकाहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटका अनुसार मृत्यु हुनेमा पल्टु यादवको १२ वर्षिया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र भगतको १० वर्षिय छोरी चन्द्राकुमारी भगत, राजगीर पुर्वेको १३ वर्षिय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरको १२ वर्षिय नातिनी चान्दनी ठाकुर र उत्तिम साहको १२ वर्षिय छोरी ललिता साह रहेको छ ।

स्थानीयको भनाईलाई उदृत गर्दै प्रहरी उपरिक्षक रानाभाटले भने घरबाट नुहाउन ७ जना बालिका घरबाट निस्केकी थिइन, घर नफर्केपछि खोजतलाश गर्दै जाँदा पोखरीमा तिनीहरु मध्ये ५ जनाको शव बरामद गरिएको र दुई जना बेपता रहेको भनिदै आएको छ । घटना स्थलमा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रको नेतृत्वमा टोली खटिसकेको छ, अनुसन्धानपछि थप विवरिण आउने उनले बताए ।
उता घटना स्थलमा पुगेका प्रहरी नायब उपरिक्षक मिश्रले भने पोखरीमा रहेका शवहरुको स्थानीयको सहयोगमा हाम्रो टोलीले उद्धार गरियो, बेपता भनिएका बालिकाहरुको खोजतलाश करीब एक/डेढ घण्टा गरियौं पछि थाहा पायौ तिनीहरु सकुशल घर पुगिसकेको छ । घटना के कसरी भयो बारे हामी अनुसन्धान गरिरहेका छौं । सो घटनाले पुरै गाउँ नै शोकमग्न अवस्थामा पुगेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !