जनकपुरधाम, जेठ २६ गते । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश २ को बजेट आकार छोटो आउने भएको छ ।
बुधवार प्रदेश सभाको बसेको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलको जवाफ दिदैं आर्थिक मामिला तथा योजना मन्त्री यादवले भने कोभिड १९ महामारीको कारण राजश्व संकलनमा संकुचन र नेपाल सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत न्यून रकम प्राप्त भएकोले बजेटको आकार छोटो हुने संकेत गरे ।
उनले भने प्रदेशको मुख्य आय श्रोत राजश्व संकलन हुने ठाउँ यातायात कार्यालय, मालपोत कार्यालय कोभिड महामारीको कारण बन्द रहेको र गिट्टी बालुवा ढुवानी समेत तीन महिनादेखि प्रभावित हुँदा निकै असर परेको छ । संघीय सरकारबाट आउने बजेटमा कम भएकोले बजेट छोटयाउनुपर्ने बाध्यता आएको छ ।

संविधान र राजश्व बाँडफाँड कानून अनुसार प्रदेश र स्थानीय तहलाई कुल बजेटको ३० प्रतिशत रकम विनियोजन गर्नुपर्ने हो तर विभेद गर्दै यसवर्ष ७ वटै प्रदेशमा १५ प्रतिशत हुनुपर्नेमा मात्र ४.३२ प्रतिशत रकम विनियोजन गरेको भन्दै मन्त्री यादवले संघीय सरकारप्रति आक्रोश पोखे ।
प्रदेश र स्थानीय तह मिलाएर संघीय सरकारले मुश्किलले ११ प्रतिशत विनियोजन गरी १९ प्रतिशत रकम बेइमान गरेको आरोप उनले लगाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !