गौर, जेठ २६ गते । श्रोत नखुलेको पौने ३१ लाख रुपैया सहित दुई भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको घोडासहान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेको छ ।
जिल्लाको परोहा नगरपालिका–९ रामपुरखापमा सवारी चकेजाँचको क्रममा बीआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकलमा बसेकाहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको उनले बताए ।

बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पु¥याउन आएको प्रहरीलाई बयान दिएको प्रहरी उपरिक्षक शाहले बताएका छन । तिनीहरुको साथबाट बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !