जनकपुरधाम, जेठ २६ गते । अनियमित लोडसेडिङ्ग र विद्युत चुवाहट नियन्त्रण मा सहयोगका लागि स्थानीय युवाहरु र विद्युत प्राद्यिकरणबीच सहयाेग विभिन्न सहमति भएको छ ।
अनियमित विद्युत कटौती भईरहेकोले संघसँग आबद्ध सरोजकुमार मिश्रको अगुवाईमा युवाहरुले विद्युत कार्यालयलाई खबरदारीका लागि नाराबाजी गर्दै नेपाल विद्युत प्राधिकरणको जनकपुर वितरण केन्द्र पुगेकाे समय यस्ताे माैखिक सहमति भएकाे हाे ।
विद्युत लाईन अवरुद्ध भएपछि मिश्रले प्राद्यिकरण जनकपुर वितरण केन्द्रका प्रमुख रामप्रबोद साहको फोटो राखि सामाजिक सञ्जालमा केही स्टाटस लेख्दा प्राद्यिकरणले पनि कर्मचारीको मनोबल गिराउने काम नगर्न सहितको विज्ञप्ति निकाल्दा दुवै पक्षबीच विवादको अवस्था श्रृजना भएको थियो ।

सो विवाद समाधानकै क्रममा युवा संघसँग आबद्ध युवाहरुको सहभागितामा मिश्र र प्राद्यिकरणबीच मौखिक सहमति भएको थियो । सहमति अनुसार विद्युत सम्बन्धि जानकारी पारदर्शी बनाइने, ग्राहकको गुनासो तुरुन्तै सुन्ने, नसुनेको खण्डमा विद्युत कार्यालयका हाकिमससंग सोझै गुनासो गर्न पाइनेछ।
त्यस्तै गुठी अधिनस्त जग्गामा घर बनाएकाहरुको नयाँ मीटर जडान सम्बन्धी समस्या समाधानका लागि नागरिकता र धरौटी राखेर मिटर बितरण गर्ने राेकिएकाे प्रकृया अगाडी बढाउन स्थाीयकाे सहयाेगमा सम्बन्धित निकायमा पहल गर्ने र त्यसका लागि निषेधाज्ञा पश्चात बिशेष छलफल गर्ने सहमति भएको छ ।
विद्युत चुहावट रोक्न सबै पक्षले सहयोग गर्ने सहमति भएको युवा अभियन्ता समेत रहेका मिश्रले जानकारी दिए ।
परिक्रमा क्षेत्र भित्र अण्डर ग्राउण्ड विधुतीकरण गर्न पहल गर्ने, हाई अथवा लो भोल्टेजका कारण ग्राहक वर्गलाई हुन गएको क्षतिप्रति बितरण केन्द्र जिम्मेवार रहेको र भविष्यमा यो समस्या नदोहरिने प्रतिवद्धता विद्युत कार्यालयले व्यक्त गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !