जनकपुरधाम, जेठ २६ गते । प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउन मन्त्रालयहरू टुक्रयाइएकाे छ ।
मंगलवार सांझ मुख्यमन्त्री बसेकाे मन्त्रिपरिषदकाे बैठकमा लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा भित्र्याउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको बताइएकाे छ ।
स्रोतका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातारण, भाैतिक पुर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर ४ वटा मन्त्रालय थप्ने निर्णय गरिएकाे हाे ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने कांग्रेस र माओवादीलाई मन्त्रालय टुक्रयाएर सरकार सहभागी गराउन छलफल भईरहेकाे जेठ २७ गते भित्रै टुग्याउनेछ ।

भौतिकबाट टुक्र्याइएका दुवै मन्त्रालय र अर्को एक रोजाई अनुसारको मन्त्रालय कांग्रेसलाई दिइनेछ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइनेछ । बाँकी दुई वटा मन्त्रालय राउत आफैंले आफ्नै जनता समाजवादी पार्टीका लागि राख्ने छन्।
मुख्यमन्त्रीले आफ्नाे मातहतमा राख्ने मन्त्रालय जसपा ठाकुर समुहबाट आएका सांसदका लागि रिर्जव राख्ने निर्णय समृत भएकाे श्राेतकाे दाबी छ ।
यता कांग्रेसले प्रदेश २ सरकारमा सत्तासहकार्यका छलफल भईरहेकाे छ तर हालसम्म कुनै सहमति नभएकाे बताएका छन ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सत्तासहकार्य गर्ने विषयमा हालसम्म कुनै ठाेस निर्णय नभएपनि मन्त्रालय टुक्रयाउने कुरा भइरहेकाे आफू पनि सुनेकाेज बताए ।
सत्तासहकार्यका लागि मन्त्रालय टुक्र्याइएको भन्ने खबर आफू पनि पाएका छौं तर कुन कुन टुक्राउने र कुन दिने भन्ने बारे छलफल भएकाे छैन उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !