जनकपुधाम, जेठ २३ गते । जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहले संसदीय दलकाे नेता चयन गरे लगतै अर्का अध्यक्ष ठाकुर समुहका मन्त्रिहरूलाई सरकारबाट निकालेकाे छ ।
दलकाे नेतामा दिउंसाे चयन भएपछि साेही सांझ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर समूहका एक मन्त्री र ३ राज्यमन्त्री सहित चार जना मन्त्री पदबाट बर्खास्त गरेकाे छ ।
मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री रहेका जितेन्द्र सोनल, राज्यमन्त्रीहरू डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।
कार्यसम्पादन राम्रो नगरेकाे आराेप लगाउंदै तात्कालिन राजपाबाट ती मन्त्रीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव जितेन्द्र यादवले पुष्टि गरेकाे छ ।
उनले भने आफ्नाे कार्यकालमा राम्राे काम सम्पादन नगरेकाे भन्दै उहांहरूलाई मुख्यमन्त्रीज्युले बर्खास्त गरेकाे हाे । बर्खास्तकाे जानकारी आज नै प्रदेश प्रमुख राजेश झालाईलाई जानकारी गराई सकिएकाे छ ।
ठाकुर समूहका प्रदेश २ मा सोनल भौतिक पूर्वाधारमन्त्री, झा भौतिक पूर्वाधार राज्यमन्त्री, मण्डल उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री र शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका थिए । बर्खास्त भएका मन्त्रीहरूकाे मन्त्रालयमा भाैतिक पुर्वाधार मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै जिम्मामा राखेका छन भने राज्यमन्त्रीहरूकाे पद रिक्त भएकाे छ ।
बर्खास्तीमा परेका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा महन्थ ठाकुरनिकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट नियुक्त भएका सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेकाले मन्त्री पद सुरक्षित भएको छ ।
मन्त्री साह र राय दुवै जना उपेन्द्र यादवले ८ जेठमा बोलाएको कार्यकारिणी समितिको बैठकमा समेत सहभागी भएका थिए । साह महतोको कोटाबाट मन्त्रीबाट मन्त्री बनेका थिए भने राय महिन्द्र राय यादवको कोटाबाट मन्त्री भएका थिए । सप्तरी क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट निर्वाचित साह महतोको कोटाबाट मन्त्री बनेका हुन् ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !