जनकपुरधाम, जेठ २२ गते । सिरहाको मिर्चैयामा एक औषधि व्यवसायीलाई गोली प्रहार गरी घाइते बनाइएको छ ।

शनिवार बेलुका मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा सिद्धी मेडिकल हल भन्ने औषधि पसल संचालन गर्दै आएका ३९ वर्षिय रामसागर साफीलाई ३/४ जनाको समूहमा आएको हतियारधारी अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गोली प्रहारबाट घाइते औषधि व्यवसायीको मिर्चैया स्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ छ भने साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ ।
पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी हतियारधारी अज्ञात समूहले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न रहेको अशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !