जनकपुरधाम, जेठ २२ गते । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले एक अध्यन समिति गठन गरेको छ ।
पदबहाली ग्रहण गरे लगतै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
सो समितिलाई अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको मन्त्री अरगरियाको सचिवालयले जनाएको छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा मन्त्री अरगरियाको जोड छ ।

सरकारले जेठ १५ गते बजेट भाषणको क्रममा जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको घोषणा गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !