जनकपुरधाम, जेठ १३ गते । पत्रकारको समाचार सामाग्री नियन्त्रणमा लिई भिडियो डिलिट गरी हातपात गरेको घटनाको भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ महोत्तरीले दोषी सशस्त्र प्रहरीका भूतपुर्व घुमुवा प्रहरीलाई कारवाहीको मांग गरेका छन ।
जिल्लाको जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गरिएकोगुणस्तरहिन सडक ढलान गरेको भिडियो खिच्दा एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीको संचार समाग्री नियन्त्रणमा लिएर सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले फुटेज डिटिल गरेर दुव्र्यहार गरेका थिए ।
पत्रकार चौधरीमाथि उपभोक्त समितिका अध्यक्ष रायले संचार समाग्री नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरी हातपात गरेको घटनाको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर निन्दा र भत्र्सना गरेको छ ।
महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रेस विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुदै रायले मोवाइल नियन्त्रणमा लिई फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात गरेको घटना प्रेस स्वतन्त्रतामाथिको हनन रहेको ठहर गरिएको छ । घटनाको छानबीन गरी दोषी राय सहित घटनामा सलंग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन कारवाही गर्न प्रहरी प्रशासनसँग मांग विज्ञप्ति मार्फत मांग गरिएको छ ।
पतौली स्थित सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो । तर २४ घण्टा नबित्दै बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेपछि उपभोक्त समितिका अध्यक्ष रहेका रायले पत्रकार चौधरीको मोवाईल खोसेर सामाग्री डिलिट गरी गाली गलौज गर्दै दुव्र्यवहार गरेका थिए ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !