जनकपुरधाम, जेठ ११ गते । कोरोना महामारीमा फ्रन्टलाईनरको रुपमा खटने पत्रकारहरुलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन ।
प्रत्येक पत्रकारलाई सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुईवटा बोतल, ग्लभ्स २ वटा र फेस शिल्ड २ वटा पुग्ने गरी प्रदेशका ८ सय पत्रकारलाई प्रदेश सरकारले सो स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको हुन ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव मार्फत सो सामाग्री नेपाल हस्तान्तरण गराएका हुन ।
यसका साथै मन्त्रालयले पत्रकारहरुका लागि प्रदेश पत्रकार महासंघ र प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान समेत उपलब्ध गराएका छन ।
स्मरणीय के छ भने केही दिन अघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन बुझाएको एक सातापछि मन्त्री यादवले मिडिया काउन्सील र मिडिया प्राद्यिकरण मार्फत पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका हुन ।
सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व समेत प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा अन्य सहयोग पनि गर्नेछु ।

यसअघि प्रदेश पत्रकार महासंघले कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई राहत उपलब्ध र समाचार संकलनमा खटेका पत्रकारहरुको निशुल्क उपचारको व्यवस्था बारे बुझाएको ज्ञापन पत्र बारे मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वासन दिए ।
यता मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइनेछ पछि पत्रकारहरुको लागि राहतको व्यवस्थाका लागि समेत पहल गर्ने बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !